Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खेलाडी मृत फेला, आत्महत्या दुरुत्साहनको आरोपमा एक जना पक्राउ

खेलाडी मृत फेला, आत्महत्या दुरुत्साहनको आरोपमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०८० बिहिवार • ११:३६:३८ बजे
  • 2.2K
    SHARES
  • खेलाडी मृत फेला, आत्महत्या दुरुत्साहनको आरोपमा एक  जना पक्राउ

    भक्तपुरमा खेलाडी मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् ।

    images

    बक्सिङ खेलाडी नीता गोसाइँ दुई दिनअघि भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहनकाे आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

    यद्यपि प्रहरीले पक्राउ पर्नेको थप विवरण खुलाएको छैन । पाठकका अनुसार सशस्त्र प्रहरीको जवान पदमा कार्यरत समेत रहकी गोसाइँ भक्तपुर नगरपालिका ८ स्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएको अवस्थामा २७ वर्षीय उनी फेला परेपछि प्रहरीमा खबर गरिएको थियो ।

    उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । यस्तै उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # खेलाडी मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology