Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते

स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०८० शुक्रवार • ०६:०८:०७ बजे
  • 640
    SHARES
  • स्यालको  टोकाइबाट एक दर्जन मानिस घाइते

    रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन्।

    images

    गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन मानिसलाई घाइते बनाएको हो।

    स्यालको टोकाई बाट वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ की मन्तोरिया देवी, ६० की तेतरी खातुन, ४० की जयबुल खातुन, १५ की मनिषा कुमारी, ५५ की उषा देवी,२७ रामाविनय बैथा, ३५ दुखीया देवी, ३० बिना देवी, ९ श्रावण कुमार, ७२ सिकीलावा देवी, ७० जयल मुखिया लगायतलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताए ।

    गढीमाई नगरपालिकाको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका माथि आक्रमण गरी घाइते बनाएको छ। घाइते मध्ये ६०की तेतरी खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि थप उपचारको लागि राति नै नेशनल मेडिकल वीरगन्ज पठाइएको डिएसपी खनालले जानकारी दिएका छन्।

    स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो । घाइते मध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभाबी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

  • सम्बन्धित विषय:

  • # स्यालको टोकाइबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology