Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु

म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०८० शुक्रवार • ०४:४८:०७ बजे
  • 2.5K
    SHARES
  • म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु

    म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ ।

    images

    बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए ।

    उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए ।

    उनीहरुलाई ८(१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ । घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । कारण खुल्न सकेको छैन । अनुसन्धान भैरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एकजनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology