Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको सदरमुकाम बेनीबजार घटनामा संलग्न भएका ४ जना पक्राउ

म्याग्दीको सदरमुकाम बेनीबजार घटनामा संलग्न भएका ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०८० शुक्रवार • ११:१७:३० बजे
  • 3.7K
    SHARES
  • म्याग्दीको सदरमुकाम बेनीबजार घटनामा संलग्न भएका ४ जना पक्राउ

    म्याग्दीको सदरमुकाम बेनीबजारको न्युरोड स्थित भित्री गल्लीमा बिहिबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गरेर युवाको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर बस्ने वर्ष १९ का उत्सव पुन, धवलागिरी गाउँपालिका ४ हाल बेनी न्यूरोडमा बस्ने वर्ष २१ को शंकर घर्तीमगर र मंगला गाउँपालिका वडा नम्बर २ घर भई हाल बेनी नगरपालिका ७ वस्ने वर्ष २३ को प्रविन जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले शुक्रबार प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

    पक्राउ परेकाहरुलाई ज्यान सम्बन्धि कसुर मुद्दामा जिल्ला अदातल म्याग्दीबाट पाँचदिनको म्याद थप गरी आवश्यक अनुशन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.नि कुमार गुरुङले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट चक्कु एकथान र खुकुरी(दाबे) एकथान समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    युवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २१ बर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology