Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बसको ठक्करबाट मर्निङवाक हिँडिरहेका पैदलयात्रुको मृत्यु

बसको ठक्करबाट मर्निङवाक हिँडिरहेका पैदलयात्रुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०८० शनिवार • ०६:४४:०३ बजे
  • 769
    SHARES
  • बसको ठक्करबाट मर्निङवाक हिँडिरहेका पैदलयात्रुको मृत्यु

    पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    images

    सर्लाहीबाट यात्रु लिएर नारायणगढ तर्फ गइरहेको बा ३ ख ३४५५ नम्बरको यात्रुवाहक बसले शनिबार बिहान ४ बजे चन्द्रपुर ५ का बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

    मर्निङवाकमा रहेका पौडेललाई जगत पेट्रोलपम्प अगाडी बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक चन्द्रपुर ४ का विजय राई लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

    बाक्लो हुस्सुको कारण बिहान बाटो नदेखिएर उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

  • सम्बन्धित विषय:

  • # पैदलयात्रुको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology