Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०८० आइतवार • ०४:४१:११ बजे
  • 3.0K
    SHARES
  • जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

    पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

    images

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।

    जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन ।

    अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि जीबीलाई इन्टरपोलले पक्राउ गरेर नेपालमा डिपोर्ट गर्न सक्छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन जारी गर्न पत्राचार गरेको छ ।

  • सम्बन्धित विषय:

  • # डिफ्युजन नोटिस जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology