Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली नोट लिएर अण्डा किन्न जाँदा श्रीमान्-श्रीमती पक्राउ

नक्कली नोट लिएर अण्डा किन्न जाँदा श्रीमान्-श्रीमती पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०८० बिहिवार • ०४:५७:४६ बजे
  • 721
    SHARES
  • नक्कली नोट लिएर अण्डा किन्न जाँदा श्रीमान्-श्रीमती पक्राउ

    सर्लाहीमा नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् ।

    images

    मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।

    उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology