Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाँसबारी जग्गा प्रकरण: पक्राउ पर्नेको संख्या तीन पुग्यो

बाँसबारी जग्गा प्रकरण: पक्राउ पर्नेको संख्या तीन पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०८० बिहिवार • १०:५६:५३ बजे
  • 2.4K
    SHARES
  • बाँसबारी जग्गा प्रकरण:  पक्राउ पर्नेको संख्या तीन पुग्यो

    बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।

    images

    उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिकाे अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । ठाकुरको स्थायी ठेगाना महोत्तरी भएको बताइएको छ । सोही प्रकरणमा प्रहरीले चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ ।

    थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए । यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिन लागेको छ ।

    काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ ।

    तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिला को स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । यो प्रकरणमा अख्तियारले समेत छुट्टै अनुसन्धान गरिरहेको छ।

  • सम्बन्धित विषय:

  • # संख्या तीन पुग्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology