Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप पल्टिंदा २ जनाको मृत्यु

जीप पल्टिंदा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०८० शनिवार • ०५:०१:५७ बजे
  • 1.2K
    SHARES
  • जीप पल्टिंदा २ जनाको मृत्यु

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो ।

    जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology