कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन कडाईका साथ लागू गर्न निर्देशन दिएको छ ।
सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू गर्न भनेको महेन्द्र गुरागाईंले जानकारी दिए ।