Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु

करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०८० बुधवार • ०५:४५:०० बजे
  • 655
    SHARES
  • करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु

    एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका २५ वर्षीय प्रकाश बुढा रहेका छन् । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

    मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको र उनको मृत्यु भएको हो । कालिकोट प्रहरीका अनुसार प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएको हो ।

    राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । फाइवर बिस्तारका क्रममा कुनै पनि सुरक्षा सावधानीका सामाग्री प्रयोग बिना नै कर्मचारीलाई काममा खटाउने गरेको बताइएको छ ।

    राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइवर बिस्तारका क्रममा कर्मचारीलाई कुनै सुरक्षा सामाग्री नदिएर फिल्डमा काम गराउनु नेटवर्क प्रालिको चरम लापरबाही हो ।

  • सम्बन्धित विषय:

  • # कर्मचारीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology