Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोमानियाले यो वर्ष २० हजार नेपालीलाई रोजगारीका लागि लैजाने

रोमानियाले यो वर्ष २० हजार नेपालीलाई रोजगारीका लागि लैजाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०८० बिहिवार • १३:१७:०५ बजे
  • 796
    SHARES
  • रोमानियाले यो वर्ष २० हजार नेपालीलाई रोजगारीका लागि लैजाने

    रोमानियाले यो वर्ष २० हजार नेपालीलाई वैदेशिक रोजगारीका लागि लैजाने भएको छ । सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि २० हजार नेपाली माग गरेको हो ।

    images

    हाल ६ हजार जनालाई रोजगारीका लागि आएका मागपत्रहरू प्रमाणीकरण हुन सकेका छैनन् । ती मागपत्रहरू प्रमाणीकरण गरिएसँगै यो वर्षभित्रमा २० हजार श्रमिकलाई रोजगारका लागि माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए । ‘रोमानियाले सन् २०२४ मा २० हजार नेपाली लैजान्छौ भनेको छ । त्यसमा ६ हजार डिमाण्ड प्रमाणीकरण हुन नसकेर पेण्डिङमा छ’ प्रवक्ता पोखरेलले भने ।

    नेपालले रोमानिया सरकारसँग श्रम समझदारी गरेको थियो । श्रम समझदारी गरेसँगै संस्थागत रूपमा नै २० हजार श्रमिक लैजाने प्रस्ताव रोमानिया सरकारले गरेको हो । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको थियो । यूरोपेली मुलुक, रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ ।

    समझदारीपछि महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी लगायतका विषयलाई समेत प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानियाले राखेको थियो । दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सीपजस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने समेत सहमति कायम भएको थियो । हाल रोमानियामा नेपाली श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् ।

    एजेण्टहरूलाई लाखौं रूपैयाँ तिरेर उनीहरू वैदेशिक रोजगारीका लागि रोमानिया जान बाध्य हुँदै आएका छन् । उक्त समझादारीपछि संस्थागत रूपमा नेपाली श्रमिकहरूलाई लैजान रोमानियाले प्रस्ताव गरेको हो । रोमानियाबाट आएको मागपत्रहरू प्रमाणीकरण हुन नसकेको प्रवक्ता पोखरेलले बताए ।

  • सम्बन्धित विषय:

  • # रोजगारीका लागि लैजाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology