Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०८० बिहिवार • १३:२१:०७ बजे
  • 2.7K
    SHARES
  • एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप छ । जोशी लगायत पदाधिकारीले नक्कली भुक्तानी रसिद बनाएर समितिको प्लट घडेरी आफन्त लगायतको नाममा नामसरी गरेको अरोप आयोगको छ ।

    आयोगले अध्यक्ष जोशीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ बमोजिम विगो असुल उपर हुनेगरी दुई करोड १२ लाख ४० हजार ९ सय ४४ रुपैँया जरिवाना र सोही ऐनको दफा ११ अनुसार थप सँजायको मागदावी लिएको छ ।

    आयोगले समितिका अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मी, समितिको बोर्ड बैठकले गठन गरेको उपसमितिका संयोजक गणेसिंह रावल लगायत ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि रेग्मीले प्राप्त प्रमाणका आधारमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology