Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माघमै फुल्यो लालीगुराँस

माघमै फुल्यो लालीगुराँस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०८० शनिवार • ०८:१२:४३ बजे
  • 532
    SHARES
  • माघमै फुल्यो लालीगुराँस

    मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् ।

    images

    यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत,वैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् ।

    ‘पहिले पहिले चैत वैशाखमा लालीगुराँस फुल्ने गर्थ्यो यो वर्ष त माघमै फुल्यो आश्चर्य भएको छ’ छायानाथ रारा नगरपालिका ११ का स्थानीय दान बहादुर सावतले बताए । मुगुमा गुराँसजस्तै अन्य बोटबिरुवामा पनि नयाँ पालुवा लाग्न थालेको स्थानीयहरू बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेर स–साना दाना समेत लागिसकेको स्थानीय सावतले बताए ।

    यो वर्ष हिमपात र पानी पनि समयमै परेको छैन । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा मौसम अगावै गुराँस फुल्ने र फलफूलका बोटमा दाना लाग्न थालेका छन् ।

    अघिल्ला वर्षहरूमा मङ्सिर पुसमा हिमपात हुने गरेको भएपनि यो वर्ष मुगुमा छुटफुट हिमपात मात्रै भएको र हिउँदे वर्षा पर्याप्त नहुँदा खेतीपाती राम्रो नहुने स्थानीय बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # लालीगुराँस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology