Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यौन शोषणको जानकारी दिंदा जागिर गुमाएकी कर्मचारीले टिकटकविरुद्ध मुद्दा हालिन्

यौन शोषणको जानकारी दिंदा जागिर गुमाएकी कर्मचारीले टिकटकविरुद्ध मुद्दा हालिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०८० शनिवार • ०८:२३:१८ बजे
  • 1.1K
    SHARES
  • यौन शोषणको जानकारी दिंदा जागिर गुमाएकी कर्मचारीले टिकटकविरुद्ध मुद्दा हालिन्

    सोसल मिडिया कम्पनी टिकटककी एक पूर्व उच्च पदस्थ कर्मचारीले टिकटक र उसको चिनियाँ मातृ कम्पनी बाइटडान्स रुद्ध मुद्दा दायर गरेकी छिन् । कम्पनीको मार्केटिंग विभागकी पूर्व उच्चपदस्थ कर्मचारी रहेकी केटी प्युरिसले यौन शोषण, उमेर तथा विकलांगतासँग सम्बन्धित भेदभावका विषयमा उजुरी गर्दा आफूलाई जागिरबाट बर्खास्त गरिएको बताएकी छिन् ।

    images

    अमेरिकाको म्यानहटनस्थित संघीय अदालतमा दायर गरेको निवेदनमा प्युरिसले सन् २०२२ मा आफुले सुपरीवेक्षक तथा मानव संशाधन विभागलाई पूर्वाग्रहको बारेमा सूचना दिएको र एउटा घटनामा आफू यौन उत्पीडनको सिकार भएको जानकारी पनि दिएका कारण आफूलाई जागिरबाट निकालिएको जिकिर गरेकी छिन् ।

    टिकटकको जागिरबाट निकालिंदा प्युरिसको उमेर करिब ५० वर्षको थियो । आफूलाई आफ्नो उमेरका बारेमा पनि अपमानजनक टिप्पणीहरुको सिकार हुनुपरेको गुनासो उनले गरेकी छिन् ।

    बाइटडान्सका अध्यक्ष झांग लिडोंगले महिलाहरु हरक्षण शान्त र विनम्र हुनुपर्ने र महिला कर्मचारीहरुमा विनम्रता र नम्रता कायम गर्ने कुरालाई प्राथमिकता दिने गर्दथे । आफ्नो जागिरको तनाव तथा दबाबबाट उत्पन्न भएको अस्वस्थताबाट मुक्त हुनका लागि विदा मागेको भएपनि टिकटकले बिदा दिन अस्वीकार गरेको दाबी प्युरिसको छ ।

    उता पूर्वकर्मचारीले मुद्दा दायर गरेको विषयमा टिकटक तथा बाइटडान्सले कुनै पनि आधिकारिक प्रतिक्रिया जनाएका छैनन् । प्युरिसका वकिल मार्जोरी मेसिडोर र मोनिका हिंकेनले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘त्यधिक सफल हुनुका बाबजुत भेदभावको उजुरी गरेबापत उनले प्रतिशोधको सामना गर्नुपर्यो ।

    प्युरिसको विरुद्धमा टिकटकले गरेको कारबाही अवैध छ र हामी उनको अधिकारलाई सही स्थापित गर्नका लागि तत्पर छौँ ।’ प्युरिसले यसअघि गुगल, फेसबुक तथा अन्य विभिन्न विज्ञापन एजेन्सीहरुमा पनि काम गरिसकेकी छिन् ।

    टिकटकविरुद्ध दायर गरेको मुद्दामा उनले टिकटक र बाइटडान्सले अमेरिका र न्युयोर्क राज्य तथा सहरको कार्यस्थल भेदभाव तथा प्रतिशोध निषेध गर्ने कानूनको उल्लंघन गरेको दाबी गरेकी छिन् । साथै उनले आर्थिक क्षति, पीडा तथा आफ्नो प्रतिष्ठा र करिअरमा पुगेको क्षतिको पनि क्षतिपूर्ति माग गरेकी छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology