Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

होटलमा महिलाको शव भेटियो, हत्या आशंका

होटलमा महिलाको शव भेटियो, हत्या आशंका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०८० आइतवार • ०५:५२:२१ बजे
  • 3.3K
    SHARES
  • होटलमा महिलाको शव भेटियो, हत्या आशंका

    काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो ।

    images

    कम्तीमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

    लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो । त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । ‘तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्था शंकास्पद छ’, खत्रीले भने, ‘गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’

    शव भेटिएको सिरहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा आएको भनेका छन् । तर, ती व्यक्तिले होटलमा गलत विवरण टिपाएका छन् । त्यसैले यो घटना थप शंकास्पद बनेको छ ।

    अहिले घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोली पनि घटनास्थलमा पुगेको छ । एसएसपी खत्रीका अनुसार, शंकास्पद व्यक्तिको खोजी भइरहेको छ ।

    स्रोतका अनुसार, मृतक महिलालाई यसअघि प्रहरी वृत्त, गौशालाले देहव्यापारमा संलग्न रहेको आरोपमा मुद्दा समेत चलाएको थियो । थप अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology