Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छुरा प्रहारबाट दुई किशोरी घाइते

छुरा प्रहारबाट दुई किशोरी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०८० मंगलवार • ०५:०४:०८ बजे
  • 3.4K
    SHARES
  • छुरा प्रहारबाट दुई किशोरी घाइते

    काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरिएको छ ।

    images

    छुरा प्रहारबाट ललितपुर घर भएकी एक युवती र गोरखा घर भएकी अर्की युवती घाइते भएका छन् । एक जनाको टाउकोमा र अर्की युवतीको घाँटीमा चोट लागेको छ । भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

    माघ २४ मा साँझको घटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन । छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र विवाद भएपछि छुरा प्रहार गरेर भागेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    घटना युवकको कोठामा भएको हो । छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुई किशोरी घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology