कुवेत- निरेम ग्रुप कुवेतको आयोजनामा हुने अन्तर नेपाली भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS ले मुख्य प्रायोजन गर्ने भएको छ ।
"स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ यही फेब्रुअरी २३ शुक्रबारका दिन कुवेत स्थित महाबुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने छ । प्रतियोगितामा प्रथम हुने टिमले १५१ केडी , द्वितीय हुने टिमले १०१ केडी र तेस्रो हुने टिमले ५१ केडी नगद , ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन ।
प्रतियोगितामा टिम दर्ता शुल्क १० केडी तोकिएको छ । आउदो शुक्रवार वेलुकी महाबुल्ला खेल मैदानमै टाईसिट सार्वजनिक गरिने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुन चाहाने सम्पूर्ण भलिवल टिमहरुलाई तल उल्लेख गरिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ । सम्पर्क ब्यक्तीहरु +965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572
स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान
समय – बिहान ७:००बजे
मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार