Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी पक्राउ

करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०८० बिहिवार • ०४:३९:५० बजे
  • 715
    SHARES
  • करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

    images

    फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ)सहित पक्राउ गरिएको हो ।

    उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology