Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०८० शुक्रवार • ०६:३२:५९ बजे
  • 3.7K
    SHARES
  • जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

    बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।

    images

    बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # दुईजना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology