Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष र व्यवस्थापक पक्राउ

सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष र व्यवस्थापक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०८० शनिवार • ०६:५५:४३ बजे
  • 769
    SHARES
  • सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष र व्यवस्थापक पक्राउ

    सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरीले कार्यालय बुटवल डिएसपी विजयराज पण्डितले बताए ।

    पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए।

    रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले पक्राउ गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology