Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०८० शनिवार • १२:३०:५९ बजे
  • 658
    SHARES
  • देशका विभिन्न स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ललितपुरको बागमती गाउँपालिका-३ पाङदुर गहिरा खोलास्थित सडकमा काठमाडौँबाट मकवानपुरतर्फ जाँदै गरेको बा.२ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका-४ बालुवाटार बस्‍ने ५९ वर्षीय राजीव सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    उता चितवनको भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने सुनिता श्रेष्ठको छोरा ३ वर्षीय बिमर्स श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी सल्याको बनगाड कुपिण्डे नगरपालिका-६ सुनौली बजारमा लु.८० प १४११ नम्बरको मोटरसाइकल र ना.६ ख २२५३ नम्बरको टेलर एकआपसमा ठक्कर खाई शुक्रबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    मोटरसाइकल चालक र टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रोल्पाको लुङ्ग्री गाउँपालिका-३ धनेखर्कमा लु.४ त ६१७ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका धापे बस्ने चन्द्र बहादुर खडकाको छोरा ६ वर्षीय सन्दिप खडकाको शुक्रबार बेलुकी मृत्यु भएको छ ।

    ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिका-९ सोल्टी गेट नजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको ना.२ त ७५२५ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालक बारा पचरौत नगरपालिका-५ बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्यापी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # पाँच जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology