Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०८० आइतवार • ०५:०९:४० बजे
  • 3.3K
    SHARES
  • जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

    तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    गए राति भएकाे दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

    पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परी अरू ६ जना घाइते छन् ।

    डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका–५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् ।

    दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रूपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology