Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०८० सोमवार • ०४:२१:१५ बजे
  • 1.9K
    SHARES
  • तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

    तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

     

    आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भईरहेको घाइतेहरु:-


    १.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघर बस्ने बर्ष १५ की सुबिना गुरुङ ।
    २.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६७ को मन ब.गुरुङ ।
    ३.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३८ की सुकमाया गुरुङ ।
    ४.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६ की एलिसा गुरुङ ।
    ५.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ ।
    ६.    जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ । 


     नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेका घाइतेहरु:-

    १.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.१गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बश्वकर्मा (चालक) 
    २.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ५६ को सोमलाल गुरुङ ।
    ३.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघरफाट बस्ने बर्ष ७० को भक्कुलाल गुरुङ ।
    ४.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५६ को सेर ब.गुरुङ ।
    ५.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष ३६ की आसमाया गुरुङ ।
    ६.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १०की दीक्षा गुरुङ ।
    ७.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५२ को सेते गुरुङ ।
    ८.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वरा बस्ने बर्ष ३६ की चिजकुमारी गुरुङ ।
    ९.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. १० बस्ने निजको छोरा १८ महिनाको सुसान गुरुङ ।
    १०.    जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ३७ की सुनिता गुरुङ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology