Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिशुलीमा ट्रक खस्दा चालकसहित तीन घाइते

त्रिशुलीमा ट्रक खस्दा चालकसहित तीन घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७७ शनिवार • १०:३५:५० बजे
  • 1.1K
    SHARES
  • त्रिशुलीमा ट्रक खस्दा चालकसहित तीन घाइते

     पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौं जाँदै गरेको ना५ख ९६२२ नम्बरको ट्रक शनिबार बिहान ५ बजे ८० फिट तल त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् ।

    दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउँका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
    इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology