Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो

सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०८० बुधवार • ०६:२६:०७ बजे
  • 3.9K
    SHARES
  • सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो

    काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ ।

    images

    मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु छन् । ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

    सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।

    भुइँतलाको डेरामा मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ । घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # ३ जनाको पहिचान खुल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology