Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०८० शनिवार • ११:५२:५० बजे
  • 2.8K
    SHARES
  • मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा टोलमा को.२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका-१ धनपुरी बस्ने १८ वर्षीय तिलक नारायण ठाकुरको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    यता नवलपरासी पूर्वको देवचुली नगरपालिका-१४ छत्तिसघरमा बा.६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका-११ कुडौली बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास हमाल टोलस्थित सडकमा प्रदेश २-०४-००१ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जोग राउतको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology