कुवेत - निरेम भलिबल प्रतियोगिता २०२४” को उपाधि कल्याणकारी नेपाली युवा समाज कुवेतले हात पारेको छ ।
कुवेतस्थित माबुलाको खेल मैदानमा २३ फेब्रुअरीका दिन BEC Exchange / City express एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित भलिबल प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो। आयोजक Nirem Team ले द्वितीय र लुम्बिनी समाज नेपाल कुवेतले तृतीय पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १५१ केडी, द्वितीय १०१ केडी र तेस्रो हुने टिमलाई ५१ केडी नगदसँगै ट्रफि, मेडल र प्रमाणत्र तथा उत्कृष्ट खेलाडीहरू लाइ पनि ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त भलिबल प्रतियोगितामा BEC EXCHANGE / CITY EXPRESS को मार्केटिङ टिमबाट विशेष आकर्शक गिफ्ट ब्यागहरु, विशेष खेलाडीहरुलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।
हजारौं दर्शकहरूका बिच खेलाइएको भलिबल खेलको बिजेता र उपबिजेता टिमहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रण ध्वज लामा, मगर संघ कुवेत कार्यबाहक अध्यक्ष जय आले मगर, बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गरिएको थियो।