Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भिरबाट खसेकी जर्मन नागरिकको शव सशस्त्रले निकाल्यो

भिरबाट खसेकी जर्मन नागरिकको शव सशस्त्रले निकाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०८० आइतवार • ०७:५५:०९ बजे
  • 3.9K
    SHARES
  • भिरबाट खसेकी जर्मन नागरिकको शव सशस्त्रले निकाल्यो

    कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ ।

    images

    सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको शव निकालेको हो ।

    आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् ।

    शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए । अमेरिकन नागरिकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # शव सशस्त्रले निकाल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology