Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामाजिक अभियन्ता शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

सामाजिक अभियन्ता शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०८० बुधवार • ११:४०:३७ बजे
  • 2.6K
    SHARES
  • सामाजिक अभियन्ता शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

    प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ ।

    images

    काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो । केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ ।

    उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology