Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७७ शनिवार • १३:३४:५८ बजे
  • 1.2K
    SHARES
  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
      म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।  

    नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । गत बिहीबार म्याग्दीका ३ जनामा कोरोना देखिएको थियो । विदेशबाट आएका उनीहरू बेनीस्थित क्वारेन्टाइनमा बस्दै आएका तीनजनामा कोरोना पुष्टि भएपनि समुदायमा कोरोना देखिएको छैन् । म्याग्दीमा हालसम्म ५ महिला र ४५ जना पुरुषले कोरोना जितेका छन् । म्याग्दीमा कुल संक्रमितकाे संख्या ५४ पुगेकाे छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology