Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अराजक गतिविधि गरेको आरोपमा पुण्य गौतम र युवराज सफल पक्राउ

अराजक गतिविधि गरेको आरोपमा पुण्य गौतम र युवराज सफल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०८० सोमवार • ०४:१९:४२ बजे
  • 3.9K
    SHARES
  • अराजक गतिविधि गरेको आरोपमा पुण्य गौतम र युवराज सफल पक्राउ

    शालिन पोखरेलको मृत्यु भएको घटनामा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुण्य गौतम र युवराज पौडेल (सफल) छन् ।

    images

    अनुसन्धानमा असर गर्नेगरी अराजक गतिविधि गरेको र माहौल भड्काएको आरोपमा उनीहरूलाई त्रिवि शिक्षण अस्पताल परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

    उनीहरूलाई अहिले प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । फागुन १२ मा चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेकी हुन् ।

    उनको हत्या भएको आरोपमा काठमाडौँ र चितवनमा विरोध प्रदर्शन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले शलिनका पोष्मार्टम रिपोर्ट आइतबार गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको छ । शव परीक्षण रिपोर्ट अनुसार उनको मृत्युको कारण ‘ह्याङगिङ्ग’ उल्लेख गरिएको छ ।

    पीडित पक्षले बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन् । तर, पोष्टमार्टमबाट बलात्कार नभएको देखिएको छ । कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनामा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रिन्सीपलसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    गौतम र सफलले त्रिवि शिक्षण अस्पताल परिसरमा गएर पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै सवारी आवागमनका अवरोध गरेको आरोप छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology