Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शालिन मृत्यु प्रकरणमा प्रिन्सिपल सहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

शालिन मृत्यु प्रकरणमा प्रिन्सिपल सहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०८० मंगलवार • ०४:२९:२६ बजे
  • 2.0K
    SHARES
  • शालिन मृत्यु प्रकरणमा  प्रिन्सिपल सहित ३ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

    शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images

    सोमबार जिल्ला अदालतबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी हुन ।

    उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । पक्राउ गरिएका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । १४ वर्षीया शालिन ८ कक्षामा पढ्थिन् ।

    घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ । डीएसपी भण्डारीले भने,‘सुसाइड नोट परीक्षण गर्न प्रयोगशालामा पठाएका छौँ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology