Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोरङमा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या

मोरङमा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०८० मंगलवार • ०४:३४:३३ बजे
  • 595
    SHARES
  • मोरङमा शौचालय गएकी  १५ वर्षीया बालिकाको हत्या

    मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर भने खोटाङको अैसेलुखर्क- ६ मा हो । दुई वर्षदेखि दाजुको घरमा बसिरहेकी उनी पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । विनोद नास्ता पसल सञ्चालन गर्छन् । पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी थिइन् ।

    images

    प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ ।

    कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन । ‘राति शौचालय जानका लागि निस्कएकी उनी कराएको सुनेर घरमा मान्छे उठेका रहेछन्, शौचालय घरको पछाडिपट्टि टिनले बेरेको कम्पाउन्डभित्र छ,’ दाहालले भने,’ शौचालय जाने क्रममा धारिलो हतियार गर्धनमा प्रहार भएको देखिन्छ ।’

    बालिका कराएको सुनेपछि घरका सदस्य बाहिर निस्कदा छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘बालिका कराएको सुनेपछि बाहिर निस्कदा परिवारका सदस्यले शौचालय छेउमा छटपटिरहेको देखेछन्,’ उनले भने,’ प्रहरीलाई खबर गर्दागर्दै बालिकाको मृत्यु भयो ।’ योजनावद्ध रुपमा हत्या भए जस्तो देखिएको प्रहरीले बताएको छ । ‘घटनामा संलग्नता खुलेको छैन,’ दाहालले भने,’ सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’

    प्रहरी स्रोतका अनुसार बालिकाको हत्या प्रेम सम्बन्धका कारणले भएको हुनसक्ने देखिन्छ । ‘उनलाई ढुकेर बसेर बाहिर निस्कने बित्तिकै हतियार प्रहार गरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ,’ चिनेजानेकैले घटना गराएको जस्तो देखिन्छ ।’ घटनाको कारण प्रेम सम्बन्ध पनि हुनसक्ने भएकाले अनुसन्धानको दायरा फराकिलो बनाएको दाहालले बताए । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology