Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते

चितवनबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०८० मंगलवार • १३:१६:१० बजे
  • 418
    SHARES
  • चितवनबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते

    चितवनबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस बाराको अम्लेखगञ्ज ३ नं पुल नजिकै दुर्घटना भएको छ ।

    images

    मंगलबार भएको सो दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । तीव्र गतिमा गुडेको ना६ख ९०३० नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकबाट २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

    दुर्घटनामा घाइते हुने १८ जनामध्ये एक जना महिला गम्भीर रहेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् । गम्भीर घाइते भएकी महिलाको परिचय भने खुलेको छैन ।

    ईप्रका सिमराका प्रमुख क्षेत्रीले तीव्र गतिमा गुडेको गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology