Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०८० बुधवार • ०४:५९:४५ बजे
  • 4.5K
    SHARES
  • पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

    पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो ।

    उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको बताए ।

    हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए । पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

  • सम्बन्धित विषय:

  • # एक युवतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology