Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय

रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०८० शुक्रवार • ०५:४४:१० बजे
  • 586
    SHARES
  • रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय

    सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए । राजीनामा दिनु केही दिनअगाडि गरेको उक्त निर्णय आजसम्म गोप्य नै राखिएको थियो । तर, बुधबार एकाएक निर्णय सार्वजनिक गरियो ।

    images

    वैदेशिक रोजगार विभागले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय सार्वजनिक गरिरहँदा श्रममन्त्री डोलप्रसाद अर्यालले भने रुसमा व्यक्तिगत श्रम स्वीकृति खुला नगरिरहेको भन्दै भाषण गरिरहेका थिए । त्यहीबेला विभागले फागुन ९ र १६ गते श्रम सचिवले निर्णय गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।

    रुस र युक्रेनबिचको युद्धका कारण २०८० पुस १९ गतेदेखि श्रम स्वीकृति दिने कार्य रोकेको थियो । रुस–युक्रेन युद्धमा नेपाली नागरिकहरूको मृत्यु भएको कारण देखाई परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो ।

    रुसमा काम गर्न जाने कामदारहरूको श्रम स्वीकृति समेत रोकिएको थियो । तर, श्रम सचिव भण्डारीले २०८० फागुन ९ गतेको पुनः श्रम स्वीकृति सुचारू गर्ने निर्णय गरेका थिए । उनले रुसमा विभिन्न पेशा व्यवसाय गरी नेपालमा बिदामा आएका कामदारहरूको मागलाई सम्बोधन गर्ने भन्दै पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए ।

    त्यस्तै संस्थागत माध्यमबाट (मेनपावर व्यवसायीबाट) रसियाको Blagoveshchensk Cityस्थित Sinopec Engineering Russia Group LLC कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय समेत गरेका थिए । २०८० फागुन १६ गते उक्त कम्पनीका लागि संस्थागत श्रम स्वीकृति दिने निर्णय सचिव भण्डारीले गरेका थिए । सचिव भण्डारीले गरेको उक्त निर्णयबारे मन्त्री अर्यालले भने आफू त्यसबारे अनविज्ञ रहेको बताएका छन् ।

    अर्याल फागुन २३ गते श्रम मन्त्री बनेका थिए । यसअघिका श्रममन्त्री शरतसिंह भण्डारीको पालामा सचिवले गरेको उक्त निर्णय विभागले अहिले सार्वजनिक गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology