Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा भएको अचम्मको दुर्घटना भाइरल

पोखरामा भएको अचम्मको दुर्घटना भाइरल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०८० शनिवार • ०६:५२:०५ बजे
  • 3.2K
    SHARES
  • पोखरामा भएको अचम्मको दुर्घटना भाइरल

    पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ ।

    images

    ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान कास्कीको आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिए ।

    रेग्मीले भने– ‘त्यो बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा ब्रेक फेल भएर खस्दा बस ठडिने अवस्थामा दुर्घटना भएको भनिएको छ । एक जना चालक र एक जना सहचालक घाइते भएको छन् ।

    उनीहरूको अवस्था सामान्य छ, बसमा अरू यात्रु भने थिएनन् ।’ घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको रेग्मीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology