Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर,२ वर्ष कैद र साढे ८ लाख रुपैयाँ जरिवाना

डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर,२ वर्ष कैद र साढे ८ लाख रुपैयाँ जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०८० बुधवार • ०४:४३:३५ बजे
  • 1.2K
    SHARES
  • डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर,२ वर्ष कैद र साढे ८ लाख रुपैयाँ  जरिवाना

    इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाएको हो ।

    images

    अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला गरेको छ । बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    २०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो । पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैसँग राखेकाे अख्तियारकाे भनाइ थियाे ।

    त्यसक्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको छ । केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।

    अभियोजनमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरका जिसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । जिसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारले दाबी गरेको छ । अख्तियारको दाबीलाई विशेष अदालतले सही ठहर्‍याउँदै जिसीलाई पनि कसूरदार ठहर गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology