नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ५ सय २८ ज्यान गुमाउनेको संख्या पुगेको छ ।