Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०८० बिहिवार • १२:१४:४२ बजे
  • 730
    SHARES
  • राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

    गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ ।

    images

    चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

    गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ ।

    यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology