Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दम्पती हत्या घटना अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस

दम्पती हत्या घटना अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०८० शनिवार • ०७:३२:४९ बजे
  • 1.3K
    SHARES
  • दम्पती हत्या घटना अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस

    जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो ।

    images

    जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयको ओइरो नै लागेको थियो । कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् । वृद्ध दम्पतीलाई हत्या नै गर्नुपर्ने कुनै कारण नदेखिएको स्थानीय लालबहादुर अधिकारीले बताए । अकल्पनीय र सुन्नै नसकिने घटनाले गाउँ नै शोकमग्न बनेको उनको भनाइ छ ।

    दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषी पक्राउ पर्न सकेका छैनन् । नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली अहिले पनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ । आफन्त वा शङ्कास्पद व्यक्तिलाई शोधपुछ गर्ने, बयान लिने र अन्य प्राविधिक कोणबाट अनुसन्धान कार्य जारी रहेको जिल्लाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

    जिसी दम्पतीलाई लुटेराले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गर्नेजस्ता घटनाले लुटेरा समूहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ । जिसी परिवारले एक सातापछि कास्कीको पोखरामा जग्गा किन्ने तयारीसमेत गरेको खुलेको छ । जग्गा खरिदका लागि रकम जुटाइरहेको र त्यही रकम लुट्ने उदेश्यले दम्पतीको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानको निष्कर्ष छ । दम्पतीको हत्या सम्पत्ति लुट्ने उद्देश्यले भएको निष्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गरेको हो भन्ने विषयमा पाँच दिनसम्म पनि पत्ता लगाउन समस्या देखिएको छ । जिसी परिवारका बारेमा पहिचान भएकै व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भुसालले बताए ।

    जलजला–२ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले मृतक दम्पतीले यही महिना पोखरामा जग्गा किन्न लागेको जानकारी दिए । वडाध्यक्ष जिसीका अनुसार पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी गरेको थाहा पाएर रकम लुट्नका लागि हत्या गरेको हुनसक्छ । उनीहरुले स्थानीय साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख, रोक्का भएको जग्गाबाट रु पाँच लाख ऋण लिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने योजना बनाएको जनाइएको छ ।

    त्यसैगरी मल्लाज बहुद्देश्यीय सहकारी संस्थाबाट यही चैत २७ गते रु १० लाख लिने तयारी रहेको स्थानीयले बताएका छन् । उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शङ्कामा लुटपाट गरेको र त्यस क्रममा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # दोषी पत्ता लगाउन सकस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology