Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन

डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०८० मंगलवार • ०४:१५:३० बजे
  • 5.2K
    SHARES
  • डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन

    डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ ।

    images

    डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

    प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो ।

    यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो ।

    उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।

    तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन सकेका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # एक सैनिकको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology