Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरेटो खनिरहेकाहरु आगलागीमा परी ६ जना घाइते

गोरेटो खनिरहेकाहरु आगलागीमा परी ६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०८० बिहिवार • ०४:२७:०५ बजे
  • 757
    SHARES
  • गोरेटो खनिरहेकाहरु आगलागीमा परी ६ जना घाइते

    रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो ।

    images

    आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घाइते हुनेहरुमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन् ।

    घाइते सबै जनालाई उद्धार गरी रन्मा गाउँमा ल्याइपुर्याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । उनीहरुलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उनले बताए । “हेलिकप्टर ल्याउन सबै प्रक्रिया पूरा भइसकेको छ ।

    अहिले घाइतेको उपचार गर्न पुथा उत्तरगङ्गा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली रन्मा गाउँ पुगिसकेको छ”, उनले भने । अहिले जङ्गलमा आगो फैलिरहेको स्थानीयले बताएका छन् ।

    आगो निभाउन सुरक्षाकर्मीको टोली आगलागी भएको ठाउँमा गएको छ । रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्दछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology