Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत-दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत-दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८१ शनिवार • १२:४५:४६ बजे
  • 4.2K
    SHARES
  • नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत-दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

    एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।

    उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काएका थिए । उनी यो उपलब्धि हासिल गर्ने सीमित खेलाडीहरुको सूचीमा परेका छन् । उनले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए । नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए ।

    उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए । त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।

    यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

  • सम्बन्धित विषय:

  • # ६ बलमा ६ छक्का
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology