Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०८१ सोमवार • ११:११:२३ बजे
  • 4.0K
    SHARES
  • एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

    नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो ।

    images

    समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

    नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ ।

    दुवै खेलमा विजयी भएमा साउदी सोझै सेमिफाइनलमा पुग्नेछ । एक खेलमा पराजित भएमा भने अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नेछ । मलेसिया, कतार र हङकङको समान ३ खेलमा २-२ अंकका साथ क्रमश: तेस्रो, चौथो र पुछारमा छन् । अन्य चार टोलीको नै सेमिफाइनल खेल्ने समीकरण बाँकी छ ।

    समूह बी मा ओमान र यूएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । ओमान र यूएईबीच आज खेल हुँदैछ ।

    यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology