Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छोरीको हत्या आरोपमा बुबा पक्राउ

छोरीको हत्या आरोपमा बुबा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८१ शुक्रवार • ०५:५९:१२ बजे
  • 616
    SHARES
  • छोरीको हत्या आरोपमा बुबा पक्राउ

    रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् ।

    images

    प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।

    प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन् । अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् ।

    छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले बुटवलमा भेटेर घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका डीएसपी भट्टले बताए ।

    घटनापछि अन्जलीकी आमाले आफ्ना पति नारायणविरुद्ध किटानी जाहेरी दिएकाले अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # छोरीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology