Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८१ शुक्रवार • ०६:०१:५५ बजे
  • 2.3K
    SHARES
  • जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर

    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

    दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो ।

    बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology