Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख ७, २०८१ शुक्रवार • ०७:५६:३७ बजे
  • 1.2K
    SHARES
  • एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल  २५ र २६ , २०२४ का दिन हुने भएको छ । 

    images

    कुवेतको फाहहिलस्थित शुकसभा फुटबल मैदानमा हुने अन्तर नेपाली फुटबल प्रतिगोगिताको मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज रहेको छ । उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३०१ कुवेती दिनार, ट्रफी, मेडल तथा प्रमाणपत्र साथै द्वितीय हुने टिमलाई नगद १७५ कुवेती दिनार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

    खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा सहभागी हुने टिमहरूको लागि १९ अप्रिल शुक्रबारको दिन फाहहिलस्थित शुकसभा फुटबल मैदानमा टाइ-सीट गरिने एनआरएनए एनसीसी कुवेतले जनाएको छ ।

    फुटबल प्रतियोगिता हुने मिति , समय र स्थान निम्न रहेको छ  ।
    मिति - २५ र २६ अप्रिल २०२४, शुक्रवार 
    समय  - साँझ ५ बजे
    स्थान- शोकसभा फाहहिल, कुवेत

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology