Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८१ मंगलवार • ०६:०१:३० बजे
  • 922
    SHARES
  • दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

    बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology